काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
उपप्रधान तथा गृहमन्त्री लामिछानेले आइतवार मन्त्रालयमा भएको छलफलका क्रममा गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख श्याम ज्ञवालीलाई उक्त निर्देशन दिएका हुन् ।



