काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाँसबारी जग्गा अतिक्रमण प्रकरणमा व्यापारी विनोद चौधरीसँग बयान लिने भएको छ। गृहमन्त्री रवि लामिछानेले चौधरीसँग बयान लिने प्रकृया थाल्न सीआईबीलाई निर्देशन दिइसकेका छन्।
चौधरी समूहले बाँसबारी छालाजुत्ता कम्पनीको १० रोपनीभन्दा बढी सरकारी जग्गा राजनीति/प्रशासनिक साँठगाँठमा हडपेको छ। सो जग्गामा विनोद चौधरीको घरानाले सीजी चाँदबाग स्कूल लगायत व्यापारिक संरचना ठड्याइसकेको छ।



