अर्थमन्त्री पुनले नागरिक लगानी कोषलाई भने ‘लगानी कर्ताको पैसा नडुबोस्’


  • Himalayan Bank Limited (HBL)
अर्थमन्त्री पुनले नागरिक लगानी कोषलाई भने ‘लगानी कर्ताको पैसा नडुबोस्’

अर्थमन्त्री वर्षमान पुनले लगानी कर्ताको पैसा नडुब्ने गरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन् । आइतवार नागरिक लगानी कोषको ३४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

अर्थमन्त्री पुनले लगानी कोषले दीर्घकालीन महत्वको पूर्वाधार निर्माण, ठूला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताए । विगतमा ठूला ऋण लगानी गर्दा भएका कमी कमजोरीहरुलाई भविष्यमा नदोहोर्याउने प्रतिवद्धतासहित अघि बढ्न सुझाव दिए ।

अर्थमन्त्री पुनले लगानी कोषले गरेका लगानीहरुमा लगानी कर्ताको पैसा नडुबोस् भन्ने जिम्मेवारी कोष स्वयंले लिनुपर्ने बताए । उनले देशमा विद्यमान समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौति त्यत्तिकै रहेको बताए । अर्थमन्त्री पुनले आफ्नो संस्था, समाज, देशको समस्या आफैँले समाधान गर्नुपर्ने पनि बताए । उनले विगतमा भएका कामको आलोचना गर्ने भन्दा भएका कमजोरीहरुलाई सुधारेर जानसक्ने आत्मविश्वास अहिलेको नेतृत्वमा हुनुपर्ने बताए । पूर्ववर्ती अर्थमन्त्रीहरुले शुरु गरेको राम्रो कामलाई आफूले निरन्तरता दिने बताए ।

Read More