नेप्सेमा बसेर माखो मार्न नसकेका कृष्णबहादुर कार्की धितोपत्र बोर्ड हाँक्ने तयारीमा !


  • Himalayan Bank Limited (HBL)
नेप्सेमा बसेर माखो मार्न नसकेका कृष्णबहादुर कार्की धितोपत्र बोर्ड हाँक्ने तयारीमा !

नेपाल स्टक एक्सचेन्ज जस्तो पूँजी बजारको फ्रन्टलाईनर रेगुलेटरको प्रमुख कार्यकारी अधिकृतको महत्वपूर्ण जिम्मेवारीमा रहेर विगत दुई बर्षदेखि माखो मार्न नसकेका कृष्णबहादुर कार्की नेपाल धितोपत्र बोर्डको अध्यक्ष हुने तयारीमा जुटेका छन् । 

सत्ताधारी माओवादीको जनार्दन शर्मा गुटसँग निकट मानिने कार्की प्रधानमन्त्री प्रचण्डको विस्वास पात्र हुँ भन्दै धितोपत्र बोर्डको अध्यक्ष हुन निवेदन दर्ता गराएका छन् । दुई वर्ष पहिला नेपाल धितोपत्र बोर्डको अध्यक्ष कांग्रेसको भागमा पर्दा नेप्सेको सीईयो  माओबादीको भागमा परेको थियो । तर कार्कीको कार्यकालमा जनअपेक्षा अनुसारको काम भने हुन सकेको छैन । उनको अहिलेसम्मको कार्यकालमा नेप्सेमा समस्याहरू घट्नुको साटो झन् थपिँदै गएको देखिन्छ । तिनै माओबादी निकट नेप्सेका कार्की अहिले धितोपत्र बोर्डको अध्यक्ष हुन निवेदन दर्ता गराएक छन् । उनी सगै  अन्य १९ जनाले पनि धितोपत्र बोर्डको अधक्षका लागि आवेदन दर्ता गराएका छन् । 

Read More