कोदो प्रजातिको उत्पादनमा आकर्षण बढ्दो : उत्पादन वृद्धिमा उन्नत बीउको अभाव मुख्य चुनौती


  • Himalayan Bank Limited (HBL)
कोदो प्रजातिको उत्पादनमा आकर्षण बढ्दो : उत्पादन वृद्धिमा उन्नत बीउको अभाव मुख्य चुनौती

काठमाडौं । केही वर्ष पहिलेसम्म कोदो प्रजातिका बालीलाई ‘कुअन्न’ भन्नेहरू धेरै थिए । तर, पछिल्लो समय कोदो बालीको उत्पादनमा उपभोक्ताको आकर्षण बढ्दै गएको छ । कोदो खाद्यबालीबाट प्राप्त भोजन स्वास्थ्यका दृष्टिले लाभदायक मानिने भएकाले यसतर्फ उपभोक्ताको आकर्षण बढेको हो । यद्यपि उन्नत जातका बीउको अभावमा यस्ता बाली उत्पादनमा चुनौती थपिँदै गएको सरोकारवाला बताउँछन् ।

कोदो नेपालको धान, मकै, गहुँपछि चौथो महत्त्वपूर्ण खाद्यान्न बाली हो । वर्षौंदेखि किसानले परम्परागत रूपमा संरक्षण गर्दै आएका कोदो, कागुनो, चिनो, जुनेलो, बाजरा, साँवा आदि कोदो प्रजातिका बाली हुन् । संयुक्त राष्ट्र संघको सहकार्यमा नेपालमा पनि सन् २०२३ लाई अन्तरराष्ट्रिय कोदो प्रजातिको बाली वर्षका रूपमा मनाइएपछि शहरी क्षेत्रमा समेत यसको व्यापक प्रचारप्रसार भएको र माग पनि बढ्दै गएको बताइन्छ । केही वर्षदेखि सरकारको नीति तथा कार्यक्रम, बजेट र योजनामा समेत कोदो प्रजातिका बालीले महत्त्व पाउँदै आएको छ । कोदो जातको बालीबाट उत्पादित खाद्यवस्तुको उपयोग स्वास्थ्यका हिसाबले लाभदायक मानिन्छ । यसले गर्दा पछिल्लो समय यसमा उपभोक्ताको आकर्षण बढ्दै गएको प्रांगारिक तथा रैथाने बालीको प्रवर्द्धन गर्दै आएका खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी बताउँछन् । 

Read More