स्थानीय जनप्रतिनिधिसँग प्रधानमन्त्रीले भने: बुढीगण्डकी आयोजना अब अगाडि बढ्छ, केही दिनभित्रै आवश्यक निर्णय हुँदैछ

  • Himalayan Bank Limited (HBL)
स्थानीय जनप्रतिनिधिसँग प्रधानमन्त्रीले भने: बुढीगण्डकी आयोजना अब अगाडि बढ्छ, केही दिनभित्रै आवश्यक निर्णय हुँदैछ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिन आफूले हरसम्भव प्रयास गरिरहेको बताएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा गोरखा र धादिङका जनप्रतिनिधिले आयोजनाका सम्बन्धमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले आज बस्ने मन्त्रीपरिषद्को बैठकमा पनि यसबारे छलफल हुने जानकारी दिए । उनले भने, ‘आयोजना अघि बढाउनेमा म प्राथमिकता साथ लागेको छु ।’

Read More