बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ८ महिनामा जम्मा २७ प्रतिशतमात्रै बजेट खर्च गरेको छ । लुम्बिनी सरकारले फागुन मसान्तसम्म पुँजीगत तर्फ जम्मा २५.४१ प्रतिशत र चालुमा २९.८१ प्रतिशत खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
चालु र पुँजीगत गरी जम्मा २७.२९ प्रतिशत बजेट खर्च गरेको लेखा नियन्त्रक कार्यालयका प्रमुख दीपक ज्ञवालीले रातोपाटीलाई बताए । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ रुपैयाँ विनियोजन गरेकोमा फागुन मसान्तसम्म ११ अर्ब ४ करोड ५० लाख रुपैयाँ खर्च गरेको हो ।



