आठ महीनाको विदेशी लगानी प्रतिबद्धता २९ अर्ब : विदेशी लगानीकर्ताले लैजाने लाभांश घट्यो


  • Himalayan Bank Limited (HBL)
आठ महीनाको विदेशी लगानी प्रतिबद्धता २९ अर्ब : विदेशी लगानीकर्ताले लैजाने लाभांश घट्यो

काठमाडौं । चालू आर्थिक वर्षको ८ महीनासम्ममा नेपालमा २९ अर्ब १३ करोड ४५ लाख रुपैयाँ बराबर विदेशी लगानी प्रतिबद्धता आएको छ । गत साउनदेखि फागुनसम्ममा विभिन्न क्षेत्रका परियोजनामा लगानीका लागि लगानीकर्ताले उद्योग विभागमा उक्त रकम बराबरको प्रतिबद्धता व्यक्त गरेका हुन् ।

विभागले बिहीवार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को ८ महीनामा विभागले २५३ ओटा परियोजना स्वीकृत गरेको छ । प्रतिबद्धता आएका परियोजनामा साना आकारका बढी छन् । ठूला स्केलका उद्योगमा प्रतिबद्धता कम आएको छ । 

Read More