अर्जेन्टिनालाई केन्द्रीय बैंक खारेज गर्न र डलरको प्रयोग गर्न अर्थशास्त्रीको सुझाव


  • Himalayan Bank Limited (HBL)
अर्जेन्टिनालाई केन्द्रीय बैंक खारेज गर्न र डलरको प्रयोग गर्न अर्थशास्त्रीको सुझाव

काठमाडौं : गहिरो आर्थिक संकटको चपेटामा परेको अर्जेन्टिनालाई एक दिग्गज अर्थशास्त्रीले केन्द्रीय बैंक खारेज गर्न सुझाव दिएका छन् । राष्ट्रपति हाभियर मिलेईले अर्थतन्त्रलाई डलराइज गर्ने र केन्द्रीय बैंकलाई खारेज गर्ने आफ्नो चुनावी अभियानको वाचा पूरा गर्नु नै समाधानको उपाय भएको जोन्स हप्किन्स विश्वविद्याालयका प्राध्यापक स्टिभ हान्केले बताएका छन् ।

अर्जेन्टिनाले कुनै पनि समय वर्वाद नगरी अर्थतन्त्रलाई डलराइज गरे र केन्द्रीय बैंकबाट छुटकारा पाएमा अर्थव्यवस्था सुधारतर्फ अघि बढ्ने निश्चित रहेको हान्केले सीएनबीसीसँग बताएका छन् । अर्थतन्त्रलाई डलरमा लैजान र केन्द्रीय बैंक खारेज गर्न पूर्णरुपमा सम्भव र वांछनीय रहेको पनि उनले बताएका हुन् ।

Read More