जाँचबुझ आयोगले उठायो प्रश्न : सुन तस्करीमा संलग्न माओवादी र एमाले नेता अनुसन्धान बाहिरै


  • Himalayan Bank Limited (HBL)
जाँचबुझ आयोगले उठायो प्रश्न : सुन तस्करीमा संलग्न माओवादी र एमाले नेता अनुसन्धान बाहिरै

काठमाडौँ — सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख किरण बज्राचार्य र अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहितलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

पूर्वगृहमन्त्री तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारी र पूर्वप्रहरी महानिरीक्षक तथा एमाले नेता सर्वेन्द्र खनाललाई उन्मुक्ति दिएकामा एआईजी बज्राचार्यमाथि कारबाही सिफारिस भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलको क्षेत्र तनहुँमा भएको निर्वाचनमा पूर्वआईजीपी खनाल एमालेबाट उम्मेदवार थिए ।

Read More