अर्थ मन्त्रालय र लघुवित्त पीडित संघर्ष समितिसँग आज बिहान ११ बजे वार्ता हुँदैछ ।
लामो समयदेखि राजधानी केन्द्रित आन्दोलन गर्दै आएका लघुवित्त पीडितसँग हिजो बिहीबार पनि अबेरसम्म वार्ता भएको थियो । वार्ताबाट सहमतिको नजिक पुगेको सरकारी पक्षले जानकारी दिएको छ । अर्थमन्त्री वर्षमान पुनको निजी सचिवालयका अनुसार सङ्घर्ष समितिले उठाएका मागहरुका छलफल भएको छ भने सम्बोधन गर्न सकिने जायज मागबारे सहमतिमा पुग्न लागिएको छ ।



