काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएका छन्।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर गृहमन्त्री लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बुझाएका हुन्।
यसअघि बिहीबार सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराम आचार्यले गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएका थिए। प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले सुन तस्करी प्रकरणमा दोषी देखिएकामाथिकडा कारबाही हुने बताएका थिए।



