काठमाडौं : अमेरिकामा टिकटक प्रतिबन्ध हुने सम्भावना बढेको छ । अमेरिकाको तल्लो सदनले बुधबार टिकटकको चिनियाँ मालिक ‘बाइटडान्स’ ले एप बिक्री नगरे अमेरिकामा प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । बुधवार तल्लो सदनका ३५२ जना सांसदहरुले उक्त विधेयकको पक्षमा र ६५ जना सांसदले विपक्षमा भोट गरेको ब्लुमबर्गले उल्लेख गरेको छ ।
अब उक्त विधेयक अमेरिकी सिनेटमा जानेछ । सिनेटबाट पनि पारित भएमा कानुनको रुपमा आउनेछ । सिनेटमा भने उक्त विधेयकको भविष्य अनिश्चित देखिएको छ । सिनेटका नेता चक सुमरले विधेयकलाई समर्थन गर्न अस्वीकार गरेका छन् भने रिपब्लिकन पार्टीका रेन्ड पल लगायत सदस्यहरुलेपनि यसको विरोध गरेका छन् ।



