१ चैत, काठमाडौं । अर्थ मन्त्रालय र लघुवित्त पीडितबीच सिंहदरबारमा वार्ता सुरु भएको छ ।
अर्थले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिलाई बुधबार वार्तामा बोलाएको थियो । सोही अनुसार अहिले वार्ता सुरु भएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा मन्त्रालयले लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि सिंहदरबारस्थित मन्त्रालयमा बोलाएको हो ।



