काठमाडौँ । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र पूर्वसीइओ तुल्सीराम गौतमसहितका १० जना छुटेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीहरूलाई ‘दैनिक हाजिरी’मा रिहा गर्ने निर्णय गरेको छ ।
प्रारम्भिक अनुसन्धान सकेर आरोपीहरूलाई दैनिक हाजिरीमा रिहा गर्न गर्ने निर्णय गरिएको सीआईबीका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए । एसपी बोगटीले भने,‘राष्ट्र बैङ्कको विज्ञ टोलीसँगको समन्वयमा उनीहरूको मुद्दाबारे विस्तृत अनुसन्धान भइरहेको छ ।’



