बुक बिल्डिङ आईपीओमा ‘ओपनिङ रेञ्ज’ साधारणसरह तोकिने


  • Himalayan Bank Limited (HBL)
बुक बिल्डिङ आईपीओमा ‘ओपनिङ रेञ्ज’ साधारणसरह तोकिने

१ चैत , काठमाडौं । बुक बिल्डिङ विधिबाट आईपीओ जारी भई सूचीकृत हुने कम्पनीको हकमा पनि हाललाई अन्य साधारण मूल्यमा जारी भएका कम्पनीहरुसरह नै ‘ओपनिङ रेञ्ज’ तोकिने भएको छ । नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत भएपछि पहिलो कारोबारका लागि तय गरिने निश्चित मूल्य सीमा नै ओपनिङ रेञ्ज हो ।

बजारमा नयाँ कम्पनी सूचीकृत भइसकेपछि पहिलो कारोबारका लागि हाल कम्पनीको प्रतिसेयर नेटवर्थलाई न्यूनतम मूल्य र सोको अधिकतम ३ गुणासम्मलाई अधिकतम मूल्य कायम गर्दै ओपनिङ रेञ्ज तोकिने गरेको छ । तर बुक बिल्डिङ विधिबाट आउने कम्पनीका हकमा के गर्ने भन्ने विषयमा नेप्से सञ्चालक समितिमा पनि छलफल भएको थियो ।

Read More