चालु आर्थिक वर्षमा सार्वजनिक वित्तमा केही सुधार देखिएको छ।
गत आर्थिक वर्षमा खर्च बढ्ने तर, आम्दानी घट्ने भएकाले सार्वजनिक वित्त असन्तुलन बढेको थियो। चालु वर्षमा भने विशेष गरी चालु खर्च घट्ने र राजस्वमा सुधार देखिएको कारण वित्त घाटा घटेको छ।
महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिना (२०८० साउनदेखि फागुनसम्म)लाई गत आर्थिक वर्षको आठ महिनासँग तुलना गर्दा आम्दानी (सार्वजनिक ऋण बाहेक) ६.५९ प्रतिशतले बढेको छ। खर्च भने भने २.८६ प्रतिशत मात्रै बढेको छ।



