काठमाडौं । प्रतिनिधि सभा बैठकमा आजदेखि विनियोजन विधेयकमाथि छलफल शुरु हुँदैछ। निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले फागुन १४ गते आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्मा पेश गरेका थिए।
११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल हुने संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ।



