३० फाल्गुन, काठमाडौं । नक्कली सुन धितो राखि नेपाल बैंकको चार करोड रकम ठगी गर्ने, विभिन्न ब्यक्तिहरुलाई अमेरिका पठाईदिन्छु भनी ठगी गरि फरार रहेका अभियुक्तलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
सप्तरी जिल्ला कन्चनरुप गा.पा. वडा नं. ८ घर भएको रामचन्द्र साहको छोरा बर्ष ४१ को टोकनाथ साहले नेपाल बैंक लिमिटेडमा नक्कली सुन धितो राखी रु ४ करोड १४ लाख ८४ हजार कर्जा लिई उक्त कर्जा नतिरी फरार रहदै आयका थिए ।
निजलाई सम्मानित उच्च अदालत विराटनगरबाट ९८ लाख ८५ हजार ५ सय ६४ रुपैयाँ विगो र ३ वर्ष कैद हुने फैसला भएको थियो ।
साथै निजले विभिन्न व्यक्तिहरुलाई अमेरिका पठाउने भनी रु. एक करोड रुपैयाँ ठगी गरी फरार भएका थिए ।

निज टोकनाथ साहलाई मिति २०८०।११।२८ गते बिहान ०७:०० बजे जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०६ वौद्ध हयात होटलबाट प्रहरीले पक्राउ गरेको हो ।
निजलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाण्डौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनएको छ ।



