काठमाडौं : भारतीय सेयर बजारमा सोमबार भारी गिरावट आउँदा लगानीकर्ताको खरबौं रुपैयाँ सम्पति गुमेको छ । भारतका प्रमुख सेयर बजार सूचकहरु ‘बीएसई सेन्सेक्स’ र ‘निफ्टी ५०’ दुवैमा बुधबार गिरावट आएको हो । सेन्सेक्स ९०६ विन्दुले घटेर ७२,७६१ विन्दुमा आएको छ । यस्तै, निफ्टी सूचक पनि ३३८ विन्दुले घटेर २१,९९७ विन्दुमा आएको छ ।
भारतीय सेयर बजारमा बुधबार विशेषगरी सानो (स्मल क्याप) र मध्यम (मिड क्याप) पुँजीकरण भएका र एसएमई कम्पनीहरुमा भारी गिरावट आएपछि समग्र सूचक घटेको हो । ‘स्मल क्याप इन्डेक्स’ ५%, ‘मिड क्याप इन्डेक्स’ ४% र ‘एसएमई इन्डेक्स’ ६% ले घटेका छन् । भारतीय बजार नियामकले केही समय अघि भारतका स्मल क्याप र मिड क्याप कम्पनीहरुको मूल्यांकन उच्च भएको (ओभरभ्याल्यूएसन) भन्दै सचेत गराएको थियो ।





