बाबुराम ढकाल
केही वर्ष अगाडिको घटना हो, कांग्रेस, एमाले र राप्रपाका प्रभावशाली नेताहरुलाई ‘पार्टनर’ बनाएर संचालन गरिएको रुपन्देहीको एक व्यवसायीले बैंकबाट ऋण मिलाइदिन अनुरोध गर्दै तत्कालिन गभर्नर डा.युवराज खतिवडा कहाँ गए ।
खतिवडाले धितोले खाम्न सक्ने ऋण सहजरुपमा उपलब्ध गराउनको लागि बैंकका सिईओहरुलाई भनिदिन सक्ने आश्वासन दिए । तर, ती उद्योगीको अपेक्षा त्यो भन्दा पनि धेरै थियो, ‘कृषि उद्योग’ को लागि बढीमा १-२ प्रतिशत व्याजदरमा करोडौं रकम १ दशक भन्दा लामो समयको लागि उपलब्ध गराइदिन गभर्नर कहाँ थिए ।
उनको कुरा सुनेपछि खतिवडा झस्किए । एक त उनले पेश गरेको ‘विजनेश प्लान’ नै भरपर्दाे थिएन । त्यसमाथि धितोले खाम्ने भन्दा कैयौं गुणा बढी कर्जा मागिएको थियो । त्यो बुझेपछि खतिवडाले ‘नहुने काम आफूले गर्न नसक्ने’ जवाफ दिए ।



