३० फागुन, काठमाडौं । ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अनुदानमा बन्न लागेका तीन सबस्टेसन परियोजनाको बोलपत्र खुलेको छ ।
‘मिलेनियम च्यालेन्ज एकाउन्ट’ (एमसीए) नेपालले तीन लटमा निर्माण हुने सबस्टेसनका लागि प्राविधिक रूपमा योग्य ६ कम्पनीको आर्थिक प्रस्ताव पनि खोलेको हो ।
एमसीसी सहयोगअन्तर्गत नुवाकोट रातमाटे, बुटवल र दमौलीमा ४ सय केभी क्षमताका तीन सबस्टेसन निर्माण हुँदै छन् । त्यसबाहेक काठमाडौं लप्सीफेदी र हेटौंडामा पनि सबस्टेसनको काम हुनेछ ।



