काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत पाउनुभएको छ । बुधवार बसेको प्रतिनिधिसभा बैठकमा उहाँले विश्वासको मत पाउनुभएको हो ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले राख्नुभएको विश्वासको मतको पक्षमा १५७ मत पर्यो । यो प्रतिनिधिसभामा हाल कायम सदस्य संख्याको बहुमत हो । प्रतिनिधिसभामा हाल कायम सदस्यमध्ये बहुमतका लागि १३७ सांसदको समर्थन चाहिन्छ ।



