काठमाडौं : सन् २०२३ मा विश्वभरको कर्पोरेट लाभांश इतिहासकै उच्च विन्दुमा पुगेको छ । विशेषगरी, ठूला सेयर बजारमा सूचीकृत कम्पनीहरुले सेयरधनीहरुलाई १६ खर्ब ६० अर्ब डलर लाभांश वितरण गरेको ‘जेनस हेन्डरसन ग्लोबल डिभिडेन्ड इन्डेक्स’ रिपोर्टलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । यस वर्ष लाभांश भुक्तानी थप वृद्धि हुँदै १७ खर्ब २० अर्ब डलर पुग्ने पनि रिपोर्टले प्रक्षेपण गरेको छ ।
विश्वव्यापी आधारमा, गत वर्ष ८६% सूचीकृत कम्पनीहरुले या त लाभांश बढाएको वा विगतको लाभांश दरलाई कायमै राखेको रिपोर्टमा उल्लेख छ । सन् २०२३ मा विश्वको सबैभन्दा ठूलो लाभांश वितरक कम्पनी ‘माइक्रोसफ्ट’ रहेको छ । त्यसपछि, दोस्रोमा ‘एप्पल’ र तेस्रोमा ‘एक्सोन मोबिल’ रहेका छन् । कर्पोरेट लाभांशको कुल मूल्य सन् २०२२ मा १५ खर्ब ७० अर्ब डलर रहेको थियो ।



