स्वास्थ्य बीमा : निजी अस्पतालमा उपचार गराए २० प्रतिशत खर्च आफैं व्यहोर्नुपर्ने


  • Himalayan Bank Limited (HBL)
स्वास्थ्य बीमा : निजी अस्पतालमा उपचार गराए २० प्रतिशत खर्च आफैं व्यहोर्नुपर्ने

३० फागुन, काठमाडौं । स्वास्थ्य बीमा गरेका नागरिकले निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्दा २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने भएको छ ।

२४ फागुनमा बसेको स्वास्थ्य बीमा बोर्ड बैठकले निजी तथा सामुदायिक अस्पतालमा उपचार गराउने नागरिकले २० प्रतिशत सहभुक्तानी गर्नुपर्ने निर्णय गरेको हो ।

सुरुमा स्वास्थ्य बीमामा कुनै पनि शुल्क तिर्नु पर्दैनथ्यो । तर अनावश्यक परीक्षण गर्ने क्रम बढेको भन्दै बोर्डले १० प्रतिशत सहभुक्तानीको व्यवस्था १ माघदेखि लागू गरेको थियो ।

Read More