नेपाल बैंकको वित्तिय साक्षरता कार्यक्रम प्रभावकारी बन्दै


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको वित्तिय साक्षरता कार्यक्रम प्रभावकारी बन्दै

काठमाडौं - नेपाल सरकारले नयाँ वर्षको शुरुवातसँगै ल्याएको ‘हरेक नेपालीको बैक खाता’ अभियान पछि विगत साढे २ महिनाको अवधिमा नेपाल बैंक लिमिटेडको २३ हजार ९८५ समृद्धि वचत खाता खुलेका छन् ।नेपालमा ८२ वर्ष अघिबाट संस्थागत बैकिंग मार्फत सर्वसाधारणलाई वचत ,कर्जा लगायतका आधारभुत बैकिंग अभ्यासमा संलग्न गराई देशमा बैकिंग विकासको आधारशिला तयार गरेको यस बैंकले हरेक नेपालीको बैक खाता अभियानलाई सफल बनाउन वित्तिय साक्षरता सम्वन्धी कार्यक्रमलाई अभियानको रुपमा अगाडि बढाईरहेको जनाएको छ ।

सातै प्रदेशका विभिन्न स्थानमा घर दैलो कार्यक्रम संचालन गरि सर्वसाधारण जनतालाई वचतको महत्वबारे बुझाई उनीहरुलाई बैक खाता खोल्न उत्प्रेरित गरिरहेको बैंकले जनाएको छ । बैंकका अनुसार हालसम्म प्रदेश नम्बर ५ का रोल्पा, घर्तिगाउं लगायत विभिन्न २५ स्थानमा वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न भई सर्वाधिक १२ हजार ६७४ समृद्धि वचत खाता खुलेका छन् । प्रदेश नम्बर २ मा वीरगन्जस्थित ठाकुरराम वहुमुखी क्याम्पस लगायत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भई ४ हजार १९८ वचत खाता खुलेका छन् ।

प्रदेश नम्बर १ का २६ वटा शाखाबाट विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम संचालन भई ३ हजार ९४२ समृद्धि वचत खाता खुलेका छन् भने गण्डकी प्रदेशमा कुश्मा नगरपालिका १३ को खौलालांकुरीलगायत विभिन्न स्थानमा वित्तिय जानकारी सहित घरदैलो कार्यक्रम सम्पन्न भई ९३९ समृद्धि वचत खाता खुलेका छन् । पर्वतको खौलालाँकुरीमा एकैदिन २०० बढी स्थानीय जनसाधारणको समृद्धि वचत खाता खोलिएको थियो । नेपाल बैकको वाग्लुंग शाखाद्वारा वाग्लुंग काठेखोला गाउँपालिका ५ विहुँमा बैक खाता खोल्ने कार्यक्रम संचालन गरिएको थियो ।

Read More
  • MBL - below news