धितोपत्र बोर्ड अध्यक्षका लागि आवेदन दिने अन्तिम दिन आज ,मंगलवारसम्म चार जनाको दाबेदारी


  • Himalayan Bank Limited (HBL)
धितोपत्र बोर्ड अध्यक्षका लागि आवेदन दिने अन्तिम दिन आज ,मंगलवारसम्म चार जनाको दाबेदारी

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद गत पुस २० गतेपछि रिक्त रहेको छ । अध्यक्ष नियुत्तीका लागि गत माघ ३ गतेनै सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । सो समितिका सदस्यहरूमा अर्थमन्त्रालयका अर्थ सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला रहेका छन् । सिफारिस समितिले फागुन १६ गते १५ दिनको समयसीमा तोकेर अध्यक्ष पदको लागि दरखास्त आवह्वान गरेको थियो । आगामी चार वर्षे कार्यकालका लागि बोर्डको अध्यक्ष पद नियुक्ती प्रक्रिया अघि बढाइएको हो ।

Read More