काठमाडौं। राष्ट्र बैंकले मौद्रिक नीतिबारे सुझाव दिन विज्ञहरू सम्मिलित सल्लाहकार समिति गठन गरेको छ। पाँच सदस्यीय समिति गठन गरिएको हो।
चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझाव दिन बाह्य विज्ञहरू सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गर्ने जनाएको थियो।



