काठमाडौं : अर्थ मन्त्रालयले पुँजी बजारका निकायहरूसँग सुझाव मागेको छ। पत्र लेख्दै अर्थ मन्त्रालयले पुँजी बजारको विकास र विस्तारको लागि गर्नुपर्ने कामका बारेमा सुझाव मागेको हो।
मन्त्रालयले नियामक नेपाल धितोपत्र बोर्ड, बजार नेपाल स्टक एक्सचेन्ज र सीडीएस एन्ड क्लियरिङको नाममा पत्र काट्दै सात दिनभित्र कार्ययोजना पेस गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ। ‘पुँजी बजारको विकास र विस्तारको लागि तत्काल गर्नुपर्ने कामहरूको सम्बन्धमा सम्बन्धित सरोकारवालाको रायसमेत लिई सात दिनभित्र कार्य योजना पेस गर्नुहुन माननीय मन्त्रीज्यूको निर्देशनअनुसार अनुरोध छ,’ पत्रमा उल्लेख छ।





