काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवसायीको मनोबल उठाउने गरी काम गर्न अर्थमन्त्री र गृहमन्त्रीलाई निर्देशन दिएका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँग मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री वर्षमान पुनले आफूहरूलाई प्रधानमन्त्रीले व्यवसायीलाई त्रसित नबनाउन र मनोबल उठाउने गरी काम गर्न निर्देशन दिएको बताए ।



