अन्तरराष्ट्रिय बजारमा नेपाली जुसको माग बढ्यो, ७ महीनामा साढे ४ अर्बभन्दा बढीको निर्यात


  • Himalayan Bank Limited (HBL)
अन्तरराष्ट्रिय बजारमा नेपाली जुसको माग बढ्यो, ७ महीनामा साढे ४ अर्बभन्दा बढीको निर्यात

काठमाडौं । नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा पाँचौं स्थानमा रहेको जुसको अन्तरराष्ट्रिय बजारमा माग बढेको छ । भन्सार विभागको चालू आर्थिक वर्ष (आव)को ७ महीनाको तथ्यांकले यस्तो देखाएको हो । 

विभागको तथ्याङ्कअनुसार चालु आवको साउनदेखि माघ महीनासम्म नेपालबाट ४ अर्ब ३८ करोड ७६ लाख ४३ हजार रुपैयाँको जुस निर्यात भएको छ, उक्त अवधिमा ४ करोड ५७ लाख ६७ हजार ६८२ लिटर जुस विदेश पठाइएको विभागको तथ्यांकले देखाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ११ प्रतिशतले बढी हो । सो अवधिमा जुस निर्यातबाट भित्रिने रकम ३३ प्रतिशतले बढेको छ ।  

Read More