लामो समय समस्यामा रहेको निर्माण क्षेत्र चलायमान देखिन थालेको छ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा निर्माण क्षेत्र १५ प्रतिशतले ऋणात्मक देखिएको थियो। यो वर्ष भने क्रमशः सुधारको क्रममा देखिएको छ। यो वर्षको पहिलो त्रैमासमा निर्माण क्षेत्र १० प्रतिशतले धनात्मक देखिएको छ।
पछिल्ला महिनाहरूमा निर्माण क्षेत्र चलायमान बन्दा त्यसबापत उठ्ने राजस्व समेत बढेको छ। सबै प्रकारका निर्माण कार्यको ठेक्का र परामर्श सेवामा लाग्ने मूल्य अभिवृद्धि करमा सुधार देखिएको आन्तरिक राजस्व विभागको तथ्यांकले देखाएको छ।



