प्रचण्डलाई डा. महतको प्रश्न : बजेट दुरुपयोग नगर्दा उपलब्धि नभएको हो ?


  • Himalayan Bank Limited (HBL)
प्रचण्डलाई डा. महतको प्रश्न : बजेट दुरुपयोग नगर्दा उपलब्धि नभएको हो ?

२९ फागुन, काठमाडौं । निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले गठबन्धन तोड्नुमा आफूलाई दोषारोपण गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका डा. महतले मंगलबार पार्टी कार्यालय, सानेपामा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दाबीको खण्डन गरेका हुन् ।

आफूले अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा आर्थिक सूचकांकको अवस्था के थियो र अहिले के छ भन्ने तथ्यांक प्रस्तुत गर्दै उनले शिथिल अर्थतन्त्रलाई लयमा फर्काएको दाबी गरे ।

Read More