बजेट सिलिङ र वर्तमान अवस्था


  • Himalayan Bank Limited (HBL)
बजेट सिलिङ र वर्तमान अवस्था

बजेट आयव्ययको विवरण मात्र नभएर यो राजनीतिक दस्ताबेज पनि हो । किनभने जुन दल सत्तामा पुग्छ उसले निर्वाचनमा गरेका प्रतिबद्धताहरू बजेटको माध्यमबाटै आफ्ना नीति तथा कार्यक्रमहरू कार्यान्वयन गरेको हुन्छ । त्यसकारण शासकीय एवं प्रशासकीय संरचनामा बजेटलाई महत्वपूर्ण औजारका रूपमा हेरिएको हुन्छ ।

साथै, जनताले आफ्ना आवश्यकताहरू कति सम्बोधन भएका छन् भनेर हेर्ने माध्यम पनि बजेट नै हो । आर्थिक वर्ष ०८०-८१ का लागि १७ खर्ब ५१ अर्बको बजेट स्वीकृत भएको थियो । कार्यान्वयनको चरणमा एकातिर स्रोतको अपर्याप्तता भयो भने अर्कातर्फ सरकारको खर्च गर्ने क्षमता पनि देखिएन । त्यसकारण चालु आर्थिक वर्षको पुस मसान्तसम्मको आम्दानी र खर्च दुवै निराशाजनक देखिए । यस अवधिमा आन्तरिक र वैदेशिक ऋण गरी ४ सय ५३ अर्ब प्राप्त हुने अनुमान भएकोमा ५९ अर्बमात्र प्राप्त भएको छ भने १४ खर्ब २२ अर्बको राजस्व लक्ष्य भएकोमा ५ खर्ब १५ अर्ब मात्र संकलन हुन सकेको छ ।

Read More