काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार आफ्नो नीतिगत दृष्टिकोण प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि ७३ खर्ब डलर बराबरको बजेट योजना सार्वजनिक गरेका छन् । अमेरिकाको नयाँ आर्थिक वर्ष आगामी अक्टोबर १ देखि सुरु हुनेछ । चुनाव अघि सार्वजनिक बजेटमा बाइडेनले आफ्नो दोस्रो ४ वर्षे कार्यकालमा ठूला कर्पोरेसनहरु र उच्च आम्दानी गर्ने व्यक्तिहरुलाई तीव्र कर वृद्धि गर्ने योजना बनाएका छन् ।



