आज काराेबार भएकाे शेयरकाे सेटलमेन्ट आजै, २८ मार्चसम्ममा भारतीय बजारमा टी प्लस जीरो सेटलमेन्ट लागु गरिँदै


  • Himalayan Bank Limited (HBL)
आज काराेबार भएकाे शेयरकाे सेटलमेन्ट आजै, २८ मार्चसम्ममा भारतीय बजारमा टी प्लस जीरो सेटलमेन्ट लागु गरिँदै

सेक्युरिटीज एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया (सेबी) ले मार्च २८ सम्म वैकल्पिक आधारमा टी प्लस जीरो सेटलमेन्ट प्रणाली सुरु गर्ने भएको छ। एसोसिएसन अफ म्युचुअल फण्ड्स इन इन्डिया (एएमएफआई) को हिजो (मार्च ११) को कार्यक्रममा सेबी अध्यक्ष माधवी पुरी बुचले सो जानकारी दिएकी हुन्।

हाल भारतीय स्टक मार्केटले टी प्लस वान सेटलमेन्ट साइकलमा काम

हाल भारतीय स्टक मार्केटले सबै शेयरहरूको लागि टी प्लस वान सेटलमेन्ट साइकलमा काम गर्दछ। टी प्लस जीरो भनेको शेयरको खरिद बिक्रीको सेटलमेन्ट एकै दिनमा हुनु हो। तीन महिनाअघि बजार नियामकले यसका लागि परामर्श पत्र जारी गरी गत जनवरी १२ गतेसम्म सर्वसाधारणसँग राय मागेको थियो।

टी प्लस जीरो सेटलमेन्ट दुई चरणमा लागू हुने

सेबीले टी प्लस जीरो सेटलमेन्ट दुई चरणमा लागू गर्ने प्रस्ताव गरेको थियो। टी प्लस जीरो सेटलमेन्टको पहिलो चरणमा सोही दिनको सेटलमेन्ट लागू हुनेछ, त्यसपछि खरिदकर्ताले सोही दिन शेयर र बिक्रेताले सोही दिन रकम पाउनेछन्।

यसमा कारोबार दिनको दिउँसो १ः३० बजेसम्म शेयर कारोबार गरेमा बेलुका ४ः३० बजेसम्ममा त्यसको सेटलमेन्ट हुने बताइएको छ। दोस्रो चरणमा दिउँसो ३ः३० बजेसम्म हुने सबै कारोबारका लागि अप्शनल इमीडिएट ट्रेड बाई ट्रेड सेटलमेन्ट सुविधा उपलब्ध गराइनेछ।

Read More