काठमाडौँ । ‘अब्रोड स्टडी’ अर्थात् वैदेशिक शिक्षाका नाममा देश छाड्नेको जमात बढ्दो छ । वैदेशिक रोजगार तथा श्रमका लागि बिदेसिने नेपालीहरूको सङ्ख्या बढिरहेका बेला पछिल्लो समय शिक्षाका लागि बाहिरिनेहरू पनि बढेका हुन् ।
केन्द्रीय बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ७ महिनामा वैदेशिक शिक्षाको नाममा ६६ अर्ब ६४ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो आर्थिक वर्ष, २०७९/८० मा यही शीर्षकमा एक खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो ।



