चालु आवको ७ महिनाको तथ्यांक भन्छ : मन्दीबाट उठ्न सकेन अर्थतन्त्र


  • Himalayan Bank Limited (HBL)
चालु आवको ७ महिनाको तथ्यांक भन्छ : मन्दीबाट उठ्न सकेन अर्थतन्त्र

काठमाडौं : अर्थतन्त्रका पछिल्लो सूचकले अर्थतन्त्र मन्दीबाट उठ्न नसकेको संकेत गरेका छन्। अर्थतन्त्रको परिसूचकसँगै विज्ञले पनि अंकमा शाह्य क्षेत्र बलियो देखिँदा आन्तरिक क्षेत्र भने कमजोर पाइएको बताएका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को सात महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले रेमिट्यान्सले बाह्य क्षेत्र धानेको देखाउँछ। अघिल्लो आर्थिक वर्षझैं चालु आर्थिक वर्षको सात महिना समाप्तिसम्म विप्रेषण आप्रवाह उल्लेख्य दरले बढेको छ। विप्रेषण आप्रवाहको बढोत्तरीले बाह्य क्षेत्रतर्फको चालु खाता र शोधनान्तर स्थितिमा बचत कायम भएको छ भने तरलतामा सुधार ल्याउन, ब्याजदरमाथि परेको चाप कम गर्न र आन्तरिक माग बढाउन सहयोग पुगेको छ। रेमिट्यान्स वृद्धिसँगै आयातमा आएको संकुचनले शोधनान्तर बचत बढेको हो।

Read More