महासंघको पहलमा लगानी कम्पनी स्थापना हुने


  • Himalayan Bank Limited (HBL)
महासंघको पहलमा लगानी कम्पनी स्थापना हुने

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको पहलमा दशैभरका उद्यमी व्यवसायीको सहभागिता रहने गरी लगानी कम्पनी स्थापना हुने भएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै लगानी कम्पनी स्थापनाको तयारी भइरहेको जानकारी दिएको हो ।

उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्नसक्ने र कम्पनीमार्फत विभिन्न परियोजनामा लगानी गरिने जनाइएको छ । कम्पनीको अधिकृत पुँजी रु १० अर्ब हुनेछ । यसमा महासंघका सदस्यबाहेकका व्यवसायीले पनि लगानी गर्नसक्ने महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

वीरगञ्ज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रबाट आवश्यक पहल गरिरहेको बताए । राजनीतिक दलको आर्थिक विषयमा समान एजेण्डा हुन नसक्दा समन्वय र सुधार नभएको बताउँदै अध्यक्ष ढकालले महासंघको आगामी चैत अन्तिम साता आयोजना हुने वार्षिक साधारणसभामा सबै दलहरुको ऐक्यबद्धता खोजिने पनि उनको भनाइ छ ।

Read More