पूँजीबजारको विकास र विस्तार लागि अर्थमन्त्रालयको चासो, तीन निकायसँग माग्यो सुझाव


  • Himalayan Bank Limited (HBL)
पूँजीबजारको विकास र विस्तार लागि अर्थमन्त्रालयको चासो, तीन निकायसँग माग्यो सुझाव

काठमाडौं । अर्थमन्त्रालयले पूँजीबजारको थप विकास र विस्तारका लागि चासो देखाएको छ । फागुन २७ गते अर्थमन्त्रालयले पूँजीबजारमा देखिएको समस्या समाधान एवम् बजारको थप विकास र विस्तारका लागि आवश्यक कामहरूको लागि सुझाब माग गरेको हो । मन्त्रालयलये पूँजीबजारसँग सम्बन्धित महत्त्वपूर्ण तीन निकायहरू नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्र पठाएर सुझाब माग गरेको हो ।

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनको निर्देशन बमोजिम अर्थमन्त्रालय अन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामार्फत तीन निकायलाई पत्रचार गरिएको मन्त्रालयले जानकारी दिएको छ । ती निकायहरूले सात दिनभित्र आवश्यक सुझाब पेश गरिसक्नुपर्ने भनाई मन्त्रालयको छ । पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड, बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज र राफसाफ कर्ता सिडिएस एण्ड क्लियरिङ लिमिटेडसँग सरकारले बजार विकास र विस्तारका लागि आवश्यक सुझाव माग गरेको हो ।

Read More