विष्णुप्रसाद पोखरेल
दमक, फागुन २८ गते । कृषि ज्ञान केन्द्र झापाले ‘उन्नत प्रविधि प्रदर्शन’ कार्यक्रम अन्तर्गत मेसिनबाट धान रोपाइँ कार्यको सुरुवात गरेको छ । धानको व्याड राख्दादेखि नै आधुनिक प्रविधिको विषयमा किसानहरूलाई जानकारी दिँदै ‘उन्नत प्रविधि प्रदर्शन’ कार्यक्रम भइरहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनुभयो ।
शिवसताक्षी नगरपालिकाको कनकाई सिँचाइ आयोजना क्षेत्रमा उन्नत प्रविधि प्रदर्शन कार्यक्रम अन्तर्गत मेसिनबाट धान रोपाइँ कार्यका लागि ट्रे मा बिउ राखेर मेसिनबाट नै धान रोपाइँ सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ मा नगर प्रमुख रोशन थोप्रासहितको उपस्थितिमा उन्नत प्रविधि प्रदर्शनसहित धान रोपाइँ सम्पन्न भएको हो ।



