शेयर खरिदको लागि जाने शेयर धितो कर्जा निरन्तर बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार गत माघ महिनामा मात्रै १ अर्ब शेयर धितो कर्जा गएको छ। पुसमा पनि ३ अर्ब बढी कर्जा गएको थियो।
गत असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले ७६ अर्ब ३० करोड रुपैयाँ शेयर धितो कर्जा दिएका थिए। माघसम्ममा ८५ अर्ब १७ करोड रुपैयाँ कर्जा गएको छ।
पुससम्ममा ८४ अर्ब २९ करोड रुपैयाँ कर्जा गएकोमा माघमा मात्रै बैंकहरुले ८८ करोड रुपैयाँ शेयर धितो कर्जा दिएका छन्।
राष्ट्र बैंकले शेयर धितो कर्जाको नीतिमा केहि खुकुलो बनाउँदै लगेपछि यस्तो कर्जा बढ्न थालेको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ५० लाखसम्मको शेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत कायम गरेको थियो। पहिलो त्रैमासिक समीक्षामा पनि शेयर धितो कर्जाको जोखिम भार घटाएको थियो भने सीमा पनि बढाएको थियो। सो पश्चात ठूला कर्जा बढ्न थालेको देखिन्छ। अहिले शेयर बजार सकारात्मक देखिदा पनि लगानीकर्ताले शेयर धितो कर्जा बढाएका छन्।





