यस वर्ष सरकारको समग्र राजस्व १० प्रतिशतले बढेको छ।
गत आर्थिक वर्षको फागुन २६ गतेसम्म पाँच खर्ब ६७ अर्ब रूपैयाँ राजस्व उठेको थियो। चालु वर्षको यसै अवधिमा ५९ अर्ब रूपैयाँ बढेर ६ खर्ब ६७ अर्ब रूपैयाँ पुगेको छ।
यस वर्ष भन्सार महसुल बापतको करमा उल्लेख्य सुधार आउने, मूल्य अभिवृद्धि कर (भ्याट) मा सरकारी सुधारको प्रभाव देखिनुका साथै समग्र आर्थिक क्रियाकलापमा सुधार आई ४० प्रतिशत राजस्व बढाउने सरकारले लक्ष्य निर्धारण गरेको थियो।



