निजी संस्थाबाट स्वास्थ्य बिमा सेवा लिए २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने


  • Himalayan Bank Limited (HBL)
निजी संस्थाबाट स्वास्थ्य बिमा सेवा लिए २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले निजी संस्थाबाट स्वास्थ्य बिमाबापतको सेवा लिएमा २० प्रतिशत रकम आफैंले भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ । बोर्डको २४ फागुनमा बसेको बैठकले सह भुक्तानी कार्यविधि संशोधन गर्दै निजी स्वास्थ्य संस्थाबाट बिमा सेवा लिनेहरूले २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको हो । यसअघि सह भुक्तानी कार्यविधिअनुसार बिमितले निजी र सरकारी दुवै स्वास्थ्य संस्थामा १० प्रतिशत कोपेमेन्ट शुल्क तिर्नुपर्ने व्यवस्था लागु गरिएको थियो ।

Read More