काठमाडौं। अर्थ मन्त्रालयले पूँजीबजारको थप विकास र विस्तारका लागि आवश्यक सुझाव माग गरेको छ।
फागुन २७ गते अर्थमन्त्रालयले पूँजीबजारमा देखिएको समस्या समाधान एवम् बजारको थप विकास र विस्तारका लागि आवश्यक कामहरूको लागि सुझाव माग गरेको हो।
मन्त्रालयले पूँजीबजारसँग सम्बन्धित महत्वपूर्ण तीन निकायहरू नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्र पठाएर सुझाव माग गरेको हो।



