काठमाडौं : सोमबार सेयर बजार बन्द हुने भएको छ । सोमबार (फागुन २८ गते) ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । तसर्थ, सो दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब बजार मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ । बैंक–वित्तीय संस्था पनि मंगलबार नै नियमितरुपमा खुला हुनेछन् ।





