काठमाडौं । विप्रेषण (रेमिट्यान्स) आप्रवाह २१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको सात महिनामा तथ्यांकमा रेमिट्यान्स आप्रवाह बढेको देखिएको हो ।
उक्त तथ्यांक अनुसार यस अवधिमा विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भई रु.८३९ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।



