काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनामा मुद्रास्फीति (महंगी) घटेको छ । आर्थिक वर्ष २०७९/८० को सोही समयमा ७.८८ प्रतिशत रहेको उक्त दर यसपटक ५.०१ प्रतिशत मात्रै रहेको हो ।
२०८० माघ महिनामा पहाडको मुद्रास्फीति सर्वाधिक ५.५८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त दर ७.३० प्रतिशत रहेका थियो । हिमाली र तराई क्षेत्रमा मुद्रास्फीति क्रमशः ५.४४ प्रतिशत र ४.७१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा उक्त दर क्रमशः ७.९२ प्रतिशत र ७.८२ प्रतिशत रहेको थियो ।



