शिक्षा र भ्रमणमा नेपालीले विदेशमा खर्च गरे १ खर्ब ४ अर्ब


  • Himalayan Bank Limited (HBL)
शिक्षा र भ्रमणमा नेपालीले विदेशमा खर्च गरे १ खर्ब ४ अर्ब

२७ फागुन, काठमाडौं । शिक्षा र भ्रमणका लागि नेपालीले चालु आर्थिक वर्ष (आव) सात महिनाभित्र विदेशमा १ खर्ब ४ अर्ब रुपैयाँ खर्च गरेका छन् ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आव साउनदेखि माघ मसान्तसम्म नेपालीले विदेशमा उक्त परिमाण बराबर रकम खर्च गरेका हुन् ।

त्यसमध्ये ६६ अर्ब ६४ करोड रुपैयाँ शिक्षामा खर्च भएको छ । गत वर्षको तुलनामा सेवा खातातर्फको व्यय ४९.९ प्रतिशतले बढेको हो ।

Read More