नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पु“जीगत खर्चमा सुधार गर्नका लागि समयवद्ध तालिका बताएका छन् । बजेट चालु खर्चमै सकिने तर पु“जीगत खर्चको सानो अंश पनि खर्च नहु“दा विकास र आर्थिक समृद्धि हासिल हुन नसकेको अध्यक्ष मल्लले बताए ।
नेपाल तयारी पोसाक संघको वार्षिक साधारणसभामा अध्यक्ष मल्लले भने, ‘चालु आर्थिक वर्षको ८ महिनामा पु“जीगत खर्च २५ प्रतिशता सिमित छ, सरकारले गर्ने खर्चको कछुवागतीले आर्थिक गतिविधी अपेक्षित रुपमा बढ्न सकेको छैन, त्यसैले पु“जीगत खर्च समयमै सम्पन्न गर्नका लागि पूर्वाधार विकास आयोजनामा समयमै सम्पन्न गर्नेगरी समयतालिका निर्धारण गर्न आवश्यक छ, ।’


